बार सम्मेलनको कारण देखाउँदै सन्दीपका कानुन व्यवसायीले हटाए आजको पेसी

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने र उनका वकिल सराेजकृष्ण घिमिरे। फाइल तस्बिर।

काठमाडौं- सन्दीप लामिछानेको मुद्दा सन्दीप पक्षका वकिलहरुले नै हटाएका छन्। न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको मुद्दाको सुनुवाइ पहिलो नम्बरमानै रहेको थियो। तर सन्दीपका कानुन ब्यबसायी सरोजकृष्ण घिमिरेले बार एसोसिएसनको सम्मेलनका कारण आफ्नो तर्फबाट बहस गर्ने वकिलहरु नभएका कारण मुद्दा हटाएको बताए।

गत २३ कातिकमा अदालतले वहस नोट बुझाउन आदेश दिएपछि दुबै पक्षका कानुनब्यबसायिले लिखित रुपमा बहस नोट अदालत समक्ष प्रस्तुत गरेसँगै अब सन्दीपको बलत्कार मुद्दाले किनारा पाउने विश्वास गरिएपनि पुन मुद्दाको अन्तिम बहस हुन सकेन।

घिमीरेले भने ‘हाम्रो तर्फबाट बहस गर्ने वरिष्ठ वकिलहरु नहुनु हुने भयो, सबैजना बार समेलनका लागि चितवन जानु भएकाले आजको मुद्दा हटाउनु परेको हो।’ सन्दीपको मुद्दामा बहसका लागि सम्भु थापा लगायका वरिष्ठ वकिलहरु चितवन रहेका कारण मुद्दा स्थगित गरिएको हो।

सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरु माग गर्दै आएको भएपनि गत २३ कातिकमा भने बहस नोट माग गरेको हो।विभिन्न बहानामा पटक-पटक स्थगित हुँदै आएको मुद्दामा न्यायाधिश केशव घिमीरेको इजलासले गत २३ कात्तिकमा दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएको थयो।

जिल्ला अदालत काठमाडौंमा विचाराधिन मद्दा लामो समय देखी चलिरहेको छ। गत वर्षको १५ फागुनमानै सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिंदा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो। तर उक्त आदेश दिएको ९ महिना वितिसक्दा समेत मुद्दाले किनारा  पाउन सकेको छैन्।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्