भरुवा बन्दुकको छर्रा लागेर एक जनाकाे मृत्यु

सांकेतिक तस्बिर।

काठमाडौं- पाल्पाको निस्दी गाउँपालिका- ४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ।

फापर खान बारीमा आएकाे दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैंले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो।

गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ।

इलाका प्रहरी कार्यालय, रामपुरबाट खटिएको प्रहरीले निस्दी- ४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक एक थान र झोला बरामद गरेको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्