थानकोटमा रक्तदान: वडाध्यक्ष महर्जन सम्मानित

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिकाको थानकोटमा  रक्तदान कार्यक्रम भएको छ ।

आइतबार लायन्स क्लब अफ काठमाडौँ प्राइम, पर्वत चन्द्रागिरी समाज र लुम्बिनी विकास बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो।

कार्यक्रमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गालाल महर्जनलाई समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ।

उनको पहलमा वडाबाट समाजका लागि एक लाख बराबरको सहयोग सामग्री उपलब्ध गराउने घोषणासमेत गरिएको सो क्रममा जानकारी दिइएको बताइएकाे छ।

कार्यक्रमा लाइन्स क्लब डिस्ट्रिक ३२५ आइका रिजनल म्यानेजर केदार न्यौपाने, समाजका सल्लाहकार तीलक कुँवर, गणेश कुँवर, लायन्स क्लब अफ काठमाडौँ प्राइमका अध्यक्ष लेखराम गौतम र पर्वत चन्द्रागिरी समाजका अध्यक्ष प्रेम क्षेत्रीले रक्तदान गर्दा आफूलाई फाइदा हुने र अरुको ज्यान बचाउन सकिने भएकाले पवित्र कार्यमा जुट्न आह्वान गगरेका थिए।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्