जम्सिदको शतकमा अफगानिस्तानद्वारा नेपाललाई २ सय ६२ रनको लक्ष्य

एसिसी यू-१९ एसिया कपको दोस्रो खेलमा टस जितेर पहिले बलिङ गरेको नेपाललाई अफगानिस्तानले २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

३३ रन जोड्दा ३ विकेट गुमाएको अफगानिस्तानका लागि जम्सिद जाद्रानले सर्वाधिक १०६ रनको इनिङ खेले।

त्यस्तै नुमन साहले ६० रन बनाउँदा रहिमुलाह जुरमाथीले ३५ रनको योगादान दिएका थिए।

त्यस्तै वफिउल्लाह तरखिलले १५ रन बनाउँदा खालित तनिवालले १० रन बनाए।

नेपालका लागि हेमन्त धामी गुल्सन झा र शुवास भण्डारीले २-२ विकेट लिंदा आकाश चन्द, दिपेश कँडेलको नाममा समान १-१ विकेट रह्यो।

आज जित्नै पर्ने खेलमा नेपालले अफगानिस्तान विरुद्ध नेपाल केही समयमा जवाफी ब्याटिङका लागि मैदान उत्रिने छ।

दुबई स्थित आइसिसी एकेडेमी ओभल-२ मा हुने खेलमा नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नु पर्ने दबाब रहेको छ।

अफगानिस्तान पहिलो खेलमा भारतसँग हारेको थियो भने नेपाल पाकिस्तानसँग पराजित भएको थियो।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्