किंग्स् कलेजले कम्प्युटर साइन्समा अध्यापन सुरु गर्दै

काठमाडौँ– किंग्स् कलेजले ब्याचलर्स् अफ साइन्स् इन कम्प्युटर साइन्स् कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।

उद्यमशीलता शिक्षा प्रदान गर्दै आएको यस किंग्स् कलेजले स्वदेशमा प्रविधिको विकासमा योगदान पुर्‍याउने र प्रविधिमा रुचि राख्ने नयाँ पिढी एवं उद्यमीको सशक्तीकरणमा टेवा पुग्ने उदेश्यका साथ ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स् शैक्षिक कार्यक्रम संचालनमा ल्याउने कलेजले जनाएको छ।

अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुने यस चार बर्षे शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधिको क्षेत्रमा भइरहेको द्रुत विकासलाई आत्मसात गरी सोबाट लाभ लिन पछिल्लो पिढीलाई सबल बनाउने कलेजले उदेश्य राखेको जनाएको छ।

यस विषयमा हासिल गरिने डिग्री केबल औपचारिक शिक्षामात्र नभइ नवप्रबर्तनमा आधारित आर्टिफिसियल इन्टिलिजेन्स, मसिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकास लगायतका क्षेत्रमा सफलता हालिस गर्ने औजार समेत भएको कलेजले जनाएको छ।

यस कार्यक्रममार्फत कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञानमात्र नदिएर बास्तविक विश्वपरिस्थितीमा सूचना प्रविधीको क्षेत्रमा देखापरेका समस्या समाधान गर्न समक्ष बनाउने कलेजले विश्वास लिएको जनाएको छ। कलेजले भविष्यमा कम्प्युटर साइन्स्को स्नातकोत्तर कक्षा पनि सञ्चालन गर्ने बताएको छ।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्