देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की

फाइल तस्बिर।

काठमाडाैँ- पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन्। आइतबार मानवअधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वतावरण बनाउनुपर्ने बताएकी हुन्।

उनले देशमा सबै कुरा राम्रो भए पनि नेताहरु भने भ्रष्ट रहेको र भोलि आउने नेता पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको बताइन्।

उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरुलाई मात्रै दोष दिन भने नमिल्ने बताए। उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने बताइन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गर्दै उनले नागरिकसँग भएका जेथासमेत राजनीतिक दलका कार्यकर्ताले जफत गर्ने गरेका बताइन्।

उनले राजनीतिक दलहरु सँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ता रहेका उनले बताइन्। आम नागरिकमा आर्थिक अभाव भए पनि दलका कार्यकर्ताहरुसँग भने करोडौँ सम्पति भएको उनको भनाइ छ ।

.

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्