भारतमाथि सानदार जित हासिल गर्दै पाकिस्तान सेमिफाइनल नजिक

काठमाडाैँ – एसिसी यू–१९ एसियाकप क्रिकेटमा पाकिस्तान लगातार दोस्रो जित सहित सेमिफाइनल नजिक पुगेको छ। आइतबार भएको फाइनलमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै फराकिलो रनरेटसहित ४ अङ्कका साथ शीर्ष स्थानमा छ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले १८ बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गर्‍याे। पाकिस्तानको जितमा अजन अवाइसले १०५ रनको नटआउट शतकीय इनिङ खेले। त्यस्तै उनलाई कप्तान साद बाइगले ६८ रनको अविजित साथ दिए। त्यसअघि ओपनर शहजाइब खानले ६३ रन बनाउँदा अर्का ओपनर स्यामल हुसेन भने ८ रनमा आउट भएका थिए। भारतका लागि मुर्गन अभिसेकले २ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि आदर्स सिंहले ६२ रन बनाउँदा कप्तान उदय शहरनले ६० रन बनाए। त्यस्तै सचिन दासले ५८ रनको अर्धशतकीय इनिङ खेल्दा भारतले पाकिस्तानलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो।

दुई खेलको समाप्तीमा पाकिस्तान दुई जितसहित ४ अङ्कका साथ शीर्ष स्थानमा रहँदा भारत र अफगानिस्तानको समान २–२ अङ्क छ। अब अन्तिम खेलमा अफगानिस्तान र पाकिस्तान तथा भारत र नेपाल भिड्ने छन्। भारतलाई सेमिफाइनल प्रवेशका लागि नेपालाई हराउनु पर्ने छ। साथै अफगानिस्तान र पाकिस्तानबिचको खेलको नतिजासमेत कुर्नुपर्ने हुन्छ।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्