संक्रमणकालीन न्याय प्रजातान्त्रिक प्रक्रियाबाट भए पनि टुंगो लगाउँछौँ: प्रधानमन्त्री दाहाल

फाइल:तस्बिर

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताएका छन्।

आइतवार गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर राष्ट्रिय सहमति हुन नसके बहुमतको आधारमा टुंग्याउने बताए।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेको मध्यपहाडी लोकमार्ग यात्रा पुस पहिलो साता सकिने र त्यसपछि संसद अधिवेशन आह्वान हुने बताए। दाहालले अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा संक्रमणकालीन न्यायलाई प्रवेश गराउने प्रतिवद्धता जनाए। प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोसिस भइरहेको पनि बताए।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्