प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

फाइल तस्बिर।

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहाकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्। एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समेत जोडेर हेरिरहेका बेला राजनीतिक सल्लाहाकार बाहिरिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गजुरेलले राजीनामा दिएका हुन्। उनी मन्त्री सहरको सेवा सुविधा तथा वरियतामा रहने गरी राजनीतिक सल्लाहकारको भूमिकामा थिए।

उनले सल्लाहाकारका रुपमा आफ्नो भूमिका नभएको र प्रधानमन्त्री दाहाल परिवारवादमा फसेको भन्दै पद छाडेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीको स्वकीय सचिवका रुपमा रहेकी पुत्री गंगा नै सर्वेसर्वा हुने र प्रधानमन्त्री त्यसकै घेराबाट बाहिर नस्किन नसकको गजुरेलको गुनासो छ। त्यस्तै उनले आफ्नो गृह जिल्लाको राजनीतिक गतिविधिमा आफूलाई बाइपास गरेको बताउँदै आएका थिए।

पार्टीका केही नेता उनलाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने पक्षमा छन्। बालुवाटार स्रोतले भने उनी पार्टी काममा व्यस्त हुनु परेकाले राजीनामा दिनएको दाबी गर्‍यो।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्