बाला चतुर्दशीका अवसरमा झापाका चार पालिकामा स्थानीय बिदा

झापा- झापाका चारवटा पालिकाहरूले साेमबार स्थानीय बिदा दिएका छन्।

हिन्दू धर्मावलम्बीहरूको पर्व बाला चतुर्दशीका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले आज बिदा दिएका हुन्।

ती पालिकाहरूले सूचना जारी गरी नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने जनाएका छन्।

बाला चतुर्दशीमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, विराटपोखरी, बाह्रदशी साधुकुटी गौरीशंकर शिवालय, मेचीनगरको कृष्णथुम्कीलगायतका धार्मिकस्थलमा सतविज छर्ने भक्तालुहरूको भीड लाग्ने गरेको छ।

मंसिर २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्