कवि निलमको ‘नपल्टाएका पन्नाहरू’

साहित्यको पनि सशक्त विधा हो- कविता। यही विधामाथि पहिलो पटक नेपालमा ‘द पोइट आइडल’ सुरु भएको थियो र पहिलो सिजनका लागि नेपालीभाषी सिक्किमकी कवि नीलम गुरुङ प्रथम भइन्। त्यसपछि उनको चर्चा ह्वात्तै चुलियो।उनै कवि निलमको पहिलो कवितासंग्रह ‘नपल्टाएका पन्नाहरू’ शनिबार राजधानीमा सार्वजनिक भयो। किताबयात्रा प्रकाशनले बजारमा ल्याएको कवितासंग्रह नपल्टाएका पन्नाहरू आउँदा उनी अत्यन्तै उत्साहित छिन्।

उनी भन्छिन्, ‘मेरो पहिलो कवितासंग्रह हो। यसले मेरो अर्को यात्रा गराउँछ।’

नीलम गुरुङ बाल्यकालमा कविता कोर्न डराउँथिन्। लेखेका कविता भए कि भएनन् भनेर आत्तिन्थिन्। कसैलाई सुनाउन हिचकिचाउँथिन्। कक्षा ६ पढ्दा लेखेको पहिलो कविता उनलाई अझै याद छ तर सुनाउन लाज मानिन्।बरु उनले सुरुमै कवितासंग्रह नपल्टाएका पन्नाबाट एक कविता सुनाइन्।

नपल्टाएको पन्नाहरूमा ३५ थान कविता छन्। ती कविताहरू महिलाका मुद्दा र सामसामाजिक विषयमा आधारित छन्। त्यसैले नीलमका लागि सिक्किमका दिदीबहिनी र काठमाडौंका दिदीबहिनी उस्तै लाग्छ। उस्तै बोलीचालीका कारण पनि महिलाको मनोविज्ञान आफ्नो कवितामा समेटिने गरेको बताउँछिन्।

‘नारीवादी दृष्टिकोणमा झुकाव रहेछ मेरो। म वादमा सीमित भएकी रहेछु। जब आइडलले विषय दिएर कविता लेख्न लगायो अनि थाहा भयो- कविता लेख्न कुनै वाद चाहिँदो रहेनछ,’ आफ्नो बुझाइ सुनाइन् उनले।

सिक्किमले कविता अर्थात् साहित्यलाई गतिलो दर्जा दिएको थिएन। न त कविता र कविलाई चिन्ने रहर नै गर्‍याे। जब नीलमले कवितामार्फत् सिक्किमको नाम उँचो बनाइन् तब सिक्किमले साहित्यको शक्तिको महसुस गरेको बताउँछिन्। उनी भन्छिन्, ‘यतिखेर पोइट आइडलमार्फत् सिक्किमले सिंगो काव्य साहित्यमा ध्यानाकर्षण गराएको छ र कविताले मलाई एउटा सेलिब्रेटीको सयर गरायो।’

नारीवादप्रति ढल्किएका कविता कोर्ने बानी बसालेकी नीलम बिक्की अग्रवाल र विश्वास तिमिल्सनाको नाम लिन्छिन्, जसका कारण उनी पोइट आइडलको मञ्च उक्लिन सकिन्। जब पोइट आइडलमा प्रवेश गरिन् तब वादमा कविता लेख्ने भ्रम हटेको बताउँछिन्।

नपल्टाएका पन्नाहरूसँग नीलम जीवनका लय सुनाउँछिन्। वर्षाैंदेखि नपल्टाएका पन्नाहरू मक्किने हुन् कि भन्ने सुन्दर विम्ब सुनाउँछिन्। भन्छिन्, ‘हरेक मान्छेको जीवनमा कुनै न कुनै रूपमा केही पन्ना पल्टाउन छुट्छन्, त्यो पनि नछुटोस् भन्ने हो।’

साहित्यको डस्टरले नेपाल र सिक्किमबीचको सिमाना मेटिएको बताउँदै आएकी नीलम अहिले काठमाडौं र सिक्किम उत्तिकै प्रिय लाग्छ। कविताको ह्याङमा हिँड्दाहिँड्दै किताबयात्रा प्रकाशनगृहले रोयल्टी दिने सर्तमा कवितासंग्रह ल्याउन खोज्दा अझै उत्साहित छिन् उनी।

पहिलो पटक जसरी पोइट आइडलबाट प्रथम हुँदा सिक्किमबासी जसरी खुसी थिए त्यसरी नै कवितासंग्रह आउँदा खुसी हुनेछन् भन्ने विश्वास सुनाउँछिन् नीलम। भन्छिन्, ‘साँच्चै मभन्दा पनि उनले सिक्किमलाई खुसी हुनेछन्।’

कुनै बेला लामो कपाल पाल्न रहर गर्दा आमाले कपाल काटिदिने गरेको एउटा किस्सा सुनाउँदै उनी भन्छिन्, ‘म लामो कपाल पाल्न रहर गर्थें तर आमाले कपाल काटिदिनुहुन्थ्यो। केही अनुशासन बनाउनु हुन्थ्यो। कविताको पाठशाला यसरी घरबाटै सुरु भयो।’

सिक्किमले कविता अर्थात् साहित्यलाई गतिलो दर्जा दिएको थिएन। न त कविता र कविलाई चिन्ने रहर नै गर्‍याे। जब नीलमले कवितामार्फत् सिक्किमको नाम उँचो बनाइन् तब सिक्किमले साहित्यको शक्तिको महसुस गरेको बताउँछिन्। उनी भन्छिन्, ‘यतिखेर पोइट आइडलमार्फत् सिक्किमले सिंगो काव्य साहित्यमा ध्यानाकर्षण गराएको छ र कविताले मलाई एउटा सेलिब्रेटीको सयर गरायो।’

पोइट आइडललाई जसरी सिक्किमले चिनायो त्यसरी नै कवितासंग्रहले नयाँ पुस्ताका कविहरूलाई सम्मान र प्रेम दिनेमा ढुक्क छिन् उनी।

नीलमलाई लाग्थ्यो- कविता अभिव्यक्तिको माध्यम हो या अलिकति कुण्ठा र प्रकृति कवितामा कोरिन्छन्। थकानमा भेटिएको बिसौनी कविता हो या मीठो सम्झना कविता हो तर पोइट आइडलको प्लेटफर्मबाट जब विजेता भएर बाहिरिन् कविताप्रतिको दृष्टिकोण नै बदलिएको लाग्छ उनलाई। अथवा कविता शब्दमा बलियो हुनुपर्छ प्रस्तुतिमा होइन भन्नेहरू पनि छन्। निलम केही हदसम्म सहमत हुन्छिन्।

उनी भन्छिन्, ‘कविता शब्दका साथै वाचन र प्रस्तुति शैली पनि बलियो हुनुपर्छ भन्ने लाग्छ। कवितालाई वाचन गर्ने शैली पनि थप हृदयस्पर्शी बनाउँछ भन्ने लाग्छ।’

सिक्किमको कुनै एक स्कुलमा अध्यापन गराउँदै आएकी नीलम द पोइट आइडलले दिएको उचाइपछि दैनिकी नै फेरिएको बताउँछिन्। उनी भन्छन्, ‘द पोइट आइडलले कविता यात्रामा गम्भीरता थपेको छ। लामो लेख्ने मान्छे छोटो लेख्न थालेको छु। कवितामाथि बहस गर्न आँट आउन थालेको छ। कुन वादबाट मेरा कविताहरू प्रभावित रहेछन् भन्ने थाहा पाएको छ।’

नीलमले कविता मात्रै कोरिनन्, गीत पनि कोरिन्। उनले कविता लेख्दालेख्दै गीत गुनगनाउँदै कोर्थिन्। गीत पनि गाउँथिन्। गीत मात्रै गाइनन्, गीत गाउनकै लागि ब्यान्डमा जोडिइन्। भन्छिन्, ‘म शिक्षण पेशामा पनि आबद्ध छु, मेरा विद्यार्थी गीतमा मात्रै रुचि राख्दैनन्, कविता लेख्न र वाचन प्रस्तुतिमा पनि ध्यान दिन थालेका छन्। मेरा विद्यार्थी र मलाई पनि हौसला मिलेको छ।’

‘अब कवितामा पातहरू कालो देख्ने भएकी छु। पानी हरियो देख्ने भएको छु। आकाश भुइँमा र समुन्द्र माथि देख्ने भएकी छु। कविता सोच्ने स्वतन्त्रतालाई चिन्न सक्ने भएकी छु। साँच्चै कविता लेखन र कविताप्रतिको दृष्टिकोण पनि परिवर्तन भएको छ,’ नीलमले आफूभित्र आएको बदलाव सुनाइन्।

नीलम काठमाडौंको कलाप्रति निकै आकर्षित छिन्। बसन्तपुर दरबार बढी मन पर्छ उनलाई। हरेक पटक बसन्तपुर दरबार यात्रा घुम्छिन्। उनी भन्छिन्, काठमाडौं काष्ठैकाष्ठले बनेको जस्तो लाग्छ। जता हेरे त्यतै काठको कलात्मक झ्याल ढोका देखेर म लोभिन्छु। यदि सिक्किममा मैले घर बनाएँ भने एउटा झ्याल भए पनि काठमाडौंबाट लाने छु र राख्ने छु।’

भर्खरै जीवनको तीन दशक उक्लिएकी नीलम शिक्षण पेशाका लागि पाठशाला र घर गरे पनि उनको मनमस्तिष्कमा थियो र छ- कविता या गीत। कक्षा नौ पढ्दै गर्दा उनी स्कुलबाट घर फर्किँदै थिइन्। अचानक सडक किनारमा उभिएकी एक नानीले पैसा मागिन्। आफ्ना आफन्त कोही नभएको बताउँदै ती नानीले पैसा माग्दा १० रुपैयाँ दिएको स्मरण गरिन् उनले। बच्ची त गइन् तर उनको मनबाट बच्चीको भोकले कविता जन्मायो, जसको शीर्षक थियो- सानो उमेरको व्यथा।

आफ्नै जस्तो रुचि भएका विद्यार्थीलाई नीलम पढाउँछिन्। उनका विद्यार्थीले कवितामा भविष्य बनाउन रहर गरेका छन्। त्यसको लागि नेपाली भाषामा नयाँ पुस्तालाई कसरी कविता लेखाउने भन्नेप्रति ध्यानाकार्षण भएको छ उनको। उनी भन्छिन्, ‘म अहिलेदेखि नै मेरो विद्यार्थीलाई कविताप्रति लगाव होस भनेर भाषामा बढी फोकस गरिरहेकी छु।’

आफूले लेखेका सबै कविता आफैंलाई मन पर्दैनन् नीलमलाई। यस्तै, मन नपर्ने कविता लेखेकी थिइन् सिकाइका दिनमा। साथीहरूमाझ कविता सुनाउँदै हिँड्दा–हिँड्दै घान्तोक देउरालीमा कविता कोर्ने कवयित्रीमा परिचित नाम बन्यो उनकाे।

पाठशालामा गुरुहरूले भानुजयन्तीको अवसरमा कविता कोर्न दिन्थे। कविता कोरेर दिएपछि वाचन गर्न लगाउँथे। उनी कवितामा डुबेर वाचन गर्थिन्। उनको वाचन गर्ने शैलीले उम्दा ताली पाउँथ्यो। प्राजर नाम्देङ गर्ल्स सेकेण्डरी स्कुलका हरेक वार्षिक उत्सव र कविताका कार्यक्रममा उनी कविता भन्न जान्थिनन् कविताको प्रस्तुति दिन जान्थिन्। तर नीलम भन्छिन्, ‘गुरुहरूले कविता वाचन गर्न नदिएको भए प्रस्तुति निखारिन्थेन।’

आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी नीलमका हजुरबुवा केदार गुरुङ साहित्यमा रुचि राख्थे भन्ने उनले सुनेकी थिइन्। हजुरबाले लेखेको देखिनन् उनले। आफूलाई कविता लेखनमा हजूरबुवाको प्रभाव परे पनि अहिलेका चर्चित कवि मानबहादुर सुब्बा, राजा पुनियानी, प्रवीण खालिङ, मनोज बाेगटी, एनवी भण्डारीजस्ता कवि स्रष्टाको नाम लिइन् उनले।

स्कुल जीवनमा कवि, गीतकार अगमसिंह गिरीका प्रभाव परेको बताउँछिन् नीलम। आजका चर्चित कविसँग संगत नगरे पनि उनीहरूको कविताको साथ र सहयोग मिलिरहेको बताउँछिन् उनी। नेपालमा पहिलेका कवि भूपि शेरचन र अहिलेका महिला कवि मोमिला जोशी मन पर्छ उनलाई।

नीलमले कविता मात्रै कोरिनन्, गीत पनि कोरिन्। उनले कविता लेख्दालेख्दै गीत गुनगनाउँदै कोर्थिन्। गीत पनि गाउँथिन्। गीत मात्रै गाइनन्, गीत गाउनकै लागि ब्यान्डमा जोडिइन्। भन्छिन्, ‘म शिक्षण पेशामा पनि आबद्ध छु, मेरा विद्यार्थी गीतमा मात्रै रुचि राख्दैनन्, कविता लेख्न र वाचन प्रस्तुतिमा पनि ध्यान दिन थालेका छन्। मेरा विद्यार्थी र मलाई पनि हौसला मिलेको छ।’

अहिले पनि कवितासँगै गीत गाउने र कम्पोज गर्ने गर्छिन् नीलम। उसो त उनी स्टेन्डअप कमेडी पनि गर्छिन्। स्टेन्डअप कमेडी गर्न आफ्नै बुवाबाट प्रभावित भएको बताउँछिन्। उनी भन्छिन्, ‘मेरो अहिले पनि गाडी चलाउनुहुन्छ। सिक्किमबाट दार्जिलिङ अपडाउन गर्नुहुन्छ। उहाँ आफ्नो प्यासेन्जरलाई हसाउँनु हुन्छ। त्यो हसाउने कला मभित्र पनि कता कता भएर होला मैले स्ट्यान्डअप कमेडी गर्न थालेको।’

गीतसंगीतको खानी दार्जिलिङ र सिक्किमको माटोमा जन्मे हुर्किएकी नीलम आरोग्य नाम गरेको ब्यान्डमा जोडिइन्। ब्याण्ड खोलेको दश वर्ष भयो अहिले। ‘आरोग्य ब्यान्ड अहिले अन्तर्राष्ट्रिय भइसक्यो। साथी अझै त्यसैमा भविष्य खोज्दै छन्। तर कवि लेखक ब्याण्ड छायामा पर्नुपर्दो रहेछ।’

नीलम नयाँ पुस्ता र अघिल्ला पुस्ताबीचको दुरीलाई कसरी मेट्ने होला भन्ने चिन्ता सुनाउँछिन्। नयाँ पुस्ताका कवितालाई पुराना पुस्ताका कविले कसरी स्वीकार्ने बनाउने होला। नयाँ पुस्ताका कविलाई सँगै लिएर हिँडेको हेर्ने रहर सुनाउँछिन्।

नीलमले सांगीतिक यात्राकै क्रममा सिक्किम राज्यलाई चाहिने जनचेतनामूलक नाटक र सन्देशमूलक गीत पनि गाइन्। बाबरी चलचित्रमा सानो डाक्टरको भूमिका गरेकी उनी कुनै समय नाटक पनि गर्थिन्। नाटक लेखिन् र मञ्चन पनि गरिन्। उनी भन्छिन्, ‘गायिका बन्ने रहर थियो, तर कवि बनाइदियो समयले। अझ पोइट आइडलले कविताको दुनियाँमा पुर्‍याइदियो। जेजस्तो विधामा काम गरे पनि कविताले मलाई स्थापित गर्‍याे।

द पोइट आइडल परिवारसँग बसेर नीलमले कविता मात्रै लेख्न होइन, टिम म्यानेजमेन्ट गर्न पनि सिकेको बताउँछिन्। ‘म के भ्रमबाट मुक्त भएँ भने कविता वादमा टेकेर मात्रै लेखिँदो रहेनछ, स्वतन्त्र भएर पनि लेखिँदो रहेछ। एक्लो भएर लेखिँदो रहेछ। सायद यही कविताले हो मलाई चिनाएको ।’

कवितामा राष्ट्रप्रतिको यतिबिघ्न प्रेम देखाउने भाव कसरी पैदा भयो भन्ने प्रश्नमा नीलम भन्छिन्, ‘नेपाल छोडेर अन्त हामीलाई विदेशी भन्छन्। यहाँसम्म कि दिल्ली जाँदा पनि हामीलाई सिक्किमबासी भन्दैनन्। बरु टिंकी चाइनिज भन्छ।

‘ये सिक्किम कहाँ है भनेर सोध्छन् दिल्लीवासी हामीलाई तर हामी राष्ट्रगान गाउँछौं। हामी स्वतन्त्र दिवश मनाउँछौं। भारतको कानुन मान्छौं, हामी भारतलाई धेरै माया गर्छौं। तर कतिपय ठाउँमा हामीलाई स्वीकार्दैनन्। कतिसम्म भने यो कविता वाचन गर्नुअगाडि सेन्टरलाई एउटा पत्र लेखेर पास गर्नुपर्‍याे, ’ उनले थपिन्।

‘ओ काठमाडौं’ कविता सुनाउनुभन्दा पहिला सेन्सर पास गर्नुपर्दा निकै मन दुखेकाे नीलम बताउँछिन्।

‘अहिले सिक्किमलाई चिनाउने कविता ‘ओ काठमाडौं’ त्यतिखेर पोइट आइडलको मञ्चमा वाचन गर्नुअघि सेन्सर पास गर्नुपर्दा साह्रै दुख्यो मन। यहाँसम्म कि मलाई मन पराउने सिक्किमवासीको पनि मन दुख्यो। न हामी भारती हुन सक्यौं, न नेपाली हुन दियो। यस्तो विडम्बना कहिलेसम्म खप्नु हामीले ,’ उनले भनिन्।

अहिले पनि काठमाडौं ऐतिहासिक छ। तर यहाँ आएपछि खिन्न भएको अनुभव सुनाउँछिन् निलम। ‘अझ त्यतिखेर खिन्न भएँ जतिखेर बागमतीको किनार उभिएर चुरोटको अन्तिम ठुटो फ्याँक्यो कुनै मान्छेले। अनि मनमनै सोधें- यो बागमती ननुहाएको कति भयो होला?’

नीलम नयाँ पुस्ता र अघिल्ला पुस्ताबीचको दुरीलाई कसरी मेट्ने होला भन्ने चिन्ता सुनाउँछिन्। नयाँ पुस्ताका कवितालाई पुराना पुस्ताका कविले कसरी स्वीकार्ने बनाउने होला। नयाँ पुस्ताका कविलाई सँगै लिएर हिँडेको हेर्ने रहर सुनाउँछिन्।

भन्छिन्, ‘अघिल्ला पुस्ताका कविहरूले नयाँ पुस्तालाई हम्बल कवि बनाउन सक्नु पर्‍याे। कविता लेखनमा सहकार्य गर्नुपर्‍याे। मार्ग देखाउनु पर्‍याे। तब न नयाँ पुस्ताका कविले राम्रा कविता लेख्न सक्छन्।’

यति हुँदाहुँदै पनि सिक्किममा अहिले काठमाडौंको कुरा मात्रै हुँदैन। यहाँको कला संस्कृतिसँगै साहित्यको कुरा पनि हुन थालेको छ। नयाँ पुस्ताका कविहरूको खोजी हुन थालेको छ। उनी भन्छिन्, अहिले त नेपाली चलचित्र र संस्कृति मन पराए झैं साहित्यमा कविता पनि मन पराउन थालेका छन् जस्तो लाग्छ।’

माघ ६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्