जाडोको कारण जनकपुरधाममा एक जनाको मृत्यु

सांकेतिक तस्बिर।

जनकपुरधाम – जाडोको कारण जनकपुरधाम उपमहानगरपालिकामा एक जनाको मृत्यु भएको छ।

मागेर खाने गरेका एक जना अन्दाजी ५५ वर्षीय पुरुष आइतबार जनकपुरधाम उपमहानगरपालिकास्थित जानकी मन्दिरकै छेउमा पुरुषको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

उनले मागेर खाने गरेको पुरुषको जाडोले मृत्यु भएको हुनसक्ने बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरधामसहित तराई मधेसका जिल्लामा केही दिन देखि जाडो बढेको छ। तापक्रम दिनहुँ घट्ने क्रममा रहेको छ।

माघ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्