बालमनोविज्ञानमा बन्यो सर्ट फिल्म ‘किबोर्ड’

काठमाडाैँ – आचार्य गोपालबाट निर्देशित बाल मनोबिज्ञानमा आधारित सर्ट फिल्म ‘किवर्ड’को विशेष प्रदर्शनी भएको छ। क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको उक्त फिल्मको प्रज्ञा प्रतिस्ठानमा बाल पुस्तक प्रदर्शनी – २०८० को क्रममा प्रदर्शनी भएको हो।

फिल्ममा अभिभावकको डिभर्स हुँदा बालबालिकाको मनोबिज्ञानमा पर्ने असरलाई रचनात्मक ढंगबाट प्रस्तुत गरिएको छ। चलचित्रका प्रमुख पात्र जियान संगितमा रुची राख्छन्। उनी विद्यलयमा हुने गायन प्रतिप्रधामा भाग लिन्छन्। निरन्तर संगीत सिक्छन्। किवोर्डसँगै रमाउँछन्। तर, घरमा हुने बाबा आमाको बेमेलले उनी विचलित भएका हुन्छन्।

अभिभावकको खतपतले संगीतमा विलक्षण प्रतिभा भएका जियान मस्तिष्कमा नकारात्मक प्रभाव पार्न थाल्छ। त्यसपछि उनको सांगितिक जीवन कसरी अगाडि बढ्छ रु निर्देशक आचार्य गोपालले फिल्ममा प्रस्तुत गरेका छन्। यस फिल्मलाई अव अन्तराष्ट्रि फिल्म महोत्सव र स्कुलहरुमा प्रदर्शन गर्नेसमेत निर्देशक आचार्यले बताए।

प्रदर्शनीपछि उपस्थित अधिकांश दर्शकले बालबालिकाको मनोविज्ञानलाई फिल्मले मनछुने ढंगबाट प्रस्तुत गरेको र यस्तो फिल्मको पहिलो पटक अनुभव गर्ने मौका जुरेको बताए। निर्देशक आचार्यले भने, ‘मेरा फिल्ममा सामाजिक जिवनका स–साना आयामहरु समेटिन्छन्। समाजिक परिघटनाले कथा लेख्न र फिल्ममार्फत भन्नलाई प्रेरित गर्छन्।’ उनले समाजिक कथालाई अरु मेकरले भन्दा भिन्न तरिकाले भन्न रुचाउने बताउँछन्। किवोर्ड पनि जियानको मनोबिज्ञानलाई दर्शकले अनुभुती गर्न सक्ने गरि निर्माण गरेको गोपालले उल्लेख गरे।

बाबा आमाबीच हुने डिभोर्सले बालबालिकामा पार्ने गरेको प्रभावलाई बालकथाको माध्यमबाट उजागर गरेको चलचित्रका लेखक बिजयराज आचार्यले बताए। क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको फिल्म सन्देश आचार्य र कौशल कुमार भट्राइले निर्माण गरेका हुन्। आफु एक शैक्षिक अभियन्ता भएकाले पनि कथाबाट प्रभावित भएर फिल्म निर्माण गरेको सन्देश आचार्यले बताए।

उनले यस्ता चेतनामुलक चलचित्र अझै धेरै बन्नुपर्ने उल्लेख गरे। फिल्ममा आलोक चौरेली, कृष्ण भक्त महर्जन र रश्मि भट्टको मुख्य अभिनय रहेको छ। फिल्मलाई सुजय गौतमको छायांकन, दिवस धितालको सम्पादन, टेकेन्द्र नेपालीको संगीत, भरत कंडेलको साउण्ड डिजाइन, भीष्म जोशीको कास्टिङ, आशुका अर्याल सह–निर्देशन, धिरज अधिकारीको लोकेसन साउन्ड र सरोज खडका प्रडक्सन म्यानेजर रहेका छन। चलचित्र हेरेपछि बालसाहित्यकार तथा गीतकार रामबाबु सुवेदीले सिनेमाको माध्यमबाट बाल कथाहरूलाई वाहिर ल्याउनु नेपाली बाल साहित्यको निम्ति ठूलो योगदान पुग्ने बताए।

माघ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्