आहारारा पोखरा गोल्डकपः संकटाविरुद्ध हाबी हुँदै आर्मी सेमिफाइनलमा

पोखरा – डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा आर्मीले संकटालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।
आर्मीको जितमा दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै जिलेप्सीजंगले आर्मीलाई अग्रता दिलाएका थिए।

४९ मिनेटमा दिनेश हेम्जङ संकटको पोस्टम गोल गर्दै अग्रता बढाए। खेलको ७६ मिनेटमा हेम्जङले व्यक्तिगत दोस्रो गोल थप्दै अग्रतालाई फराकिलो बनाए।

संकटाले गोलका लागि प्रयास गरेपनि सफल हुन सकेन। संकटा सिधैं बाइ पाएर क्वार्टरफाइनल प्रवेश गरेको थियो। नवलपरासीको राइजिङ स्टार क्लबलाई पराजित गर्दै आर्मीले संकटसँगको भेट पक्का गरेको हो।

सेमिफाइनलमा आर्मीले चर्च ब्वाइज र सशस्त्र प्रहरी बलको एपीएफ क्लबमध्येको विजेतासँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्ने छ। चर्च ब्वाइज एपीएफबीचको अन्तिम क्वार्टरफाइनल खेल माघ १६ गते हुँदैछ।

सोमबार भोलि तेस्रो क्वार्टरफाइनलमा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङदी क्बल भिड्नेछन्। पहिलो क्वार्टरफाइनलमा शनिबार थ्रिस्टार क्लबले भुटानको लिग च्याम्यिन पारो एफसीलाई २–० गोल अन्तरले हराउदै सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बनेको छ।

माघ २० गते फाइनल खेल प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

 

माघ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्