ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले लागुऔषध ब्राउन सुगगरसहित एक जनालाई बाराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–७ टोल सनफुलवा बस्ने ४१ बर्षिय उमेश कुमार यादव छन्।

जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई महागढिमाई नगरपालिका–१ स्थित बरियारपुरबाट पक्राउ गरेको हो।

बा ९४ प ६११४ नम्बरको मोटरसाईकलमा आएका यादवको साथबाट लागुऔषध ब्राउन सुगर १०२ ग्राम बरामद भएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

बरामद ब्राउन सुगरको मुल्य अन्दाजी आठ लाख १६ हजार रहेको उनले बताए।पक्राउ परेका यादवलाई लागु औषध मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भई रहेको न्यौपानेले बताए।

माघ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्