सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा केडिया नियुक्त

काठमाडौँ- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. को सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् ।

माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सञ्चालकको पदभार ग्रहण गरे ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्