६९ औं फिल्मफेयर अवार्ड: आलिया र रणबिरले पाए उत्कृष्ट अभिनयकाे अवार्ड

६९ औं फिल्मफेयर फिल्म अवार्ड समाराेह आइतबार सम्पन्न भएकाे छ।

गुजरातमा भएको यस अवार्ड समारोहमा आलिया भाटलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो। फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन्।

रणवीर कपूरले फिल्म ‘एनिमल’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाए।

‘१२ औं फेल’ ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन्।

विक्की कौशललाई फिल्म डुन्कीमा अभिनय गरेबापत सर्वोत्कृष्ट अभिनेता (सहयोगी भूमिका) को उपाधि दिइएको छ।

फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत शबाना आजमीलाई सर्वोत्कृष्ट अभिनेत्री (सहयोगी भूमिका) को अवार्ड दिइएको छ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्