ग्रीनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा जर्मन महिला मृत फेला

काठमाडौं- ललितपुरको नागबहालस्थित ग्रीनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा एक जना महिला मृत फेला परेकी छन्।

उक्त होटेलमा सोमबार बिहान अन्दाजी ५०-५५ वर्षीय जर्मन नागरिक अडेलहेड स्नेकनवर्ग डोरा मृत अवस्थामा फेला परेकी हुन्।

नमबुद्धमा रिसोर्ट चलाएकी उनी करिब १२ वर्षदेखि नेपालमा बसोबास गर्दै आएकी थिइन्। उनले युरोपियन युनियनमा समेत काम गरेको खुल्न आएको छ।

यतिबेला उक्त स्थानमा प्रहरीको टोली पुगेर मुचुल्का उठाइरहेको छ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्