फोटो फिचर

जर्मन महिलाको मृत्युबारे अनुसन्धानका लागि कुकुरसहित पुग्यो प्रहरी टोली (तस्बिरसहित)

काठमाडौँ – ललितपुरको नागबहालस्थित ग्रीनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा जर्मन नागरिक मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीको टोली कुकुरसहित पुगेको छ।

सोमबार बिहान अन्दाजी ५०/५५ वर्षीया जर्मन नागरिक अडेलहेड स्नेकनवर्ग डोरामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका लागि प्रहरी टोली तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको हो।

नमबुद्धमा रिसोर्ट चलाएर उनी करिब १२ वर्षदेखि नेपालमा बसोबास गर्दै आएकी थिइन्।