कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैनः भुवन केसी

काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन्।

सोमबार काठमाडौँमा भएको ‘विज्ञापनमा कलाकारको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने भन्नेकुरामा धेरै सजग हुन जरुरी रहेको बताए।

उनले मदिरा, चुरोटलगायतका विज्ञापन कलाकारहरुले गर्नु नहुनेमा जोड दिए। उनले गलत सन्देश दिने विज्ञापन गर्नु नहुने बताए।

उनले कलाकारहरुले सामाजिक कामका विज्ञापनहरु निःशुल्क गर्नुपर्ने सुझाव दिए। विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सतर्क हुन जरुरी रहेको उनको भनाइ थियो।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्