मेडिकल सेन्टरद्वारा बिरामीको निःशुल्क उपचार सेवा

सिमकोट – निजी क्षेत्रको औषधि बिक्रेता हेल्थ अस मेडिकल सेन्टरले न्यून आयश्रोत भएका लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको पाइएको छ। सेन्टरले वार्षिक कमाइ केही प्रतिशत सामाजिक सेवाभाव गर्नका लागि निःशुल्क उपचार सेवा गरिएको हो।

सेन्टरका प्रमुख नारायण फडेराका अनुसार सेन्टरले आफ्नो वार्षिक कमाइको १५ प्रतिशत रकम सामाजिक सेवाभावका हिसाबले चार वटा गाउँपालिकाका न्यून आयश्रोत भएको लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार सेवा गर्ने गरेको छ।

यसरी निःशुल्क उपचार गर्ने बिरामीलाई सेन्टरले आफ्नो मापदण्ड तयार पारेको छ। सेन्टरको मापदण्डभित्र पर्ने बिरामीलाई चेकजाँच र औषधि निःशुल्क प्रदान गर्ने गरिएको हो।

सेन्टर निःशुल्क उपचार गर्ने बिरामीमा नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाका छन्। तीन वर्षयता २९ जना बिरामीको निःशुल्क उपचार गरिरहेको छ। निःशुल्क उपचार गरिएका बिरामी अधिकांश दीर्घरोगी छन्। निःशुल्क उपचार पाउने बिरामीमा प्रेसर, ग्याष्टिक, प्यारालाइसिस, हेपाटाइटिस, नशासम्बन्धी, दम, बाथ, निमोनियालगायत रोगका छन्।

सेन्टरले बिरामीको अवस्था हेरी पूर्ण निःशुल्क, नेपालगञ्जमा खरिद मूल्यमा र खरिद मूल्यमा आधा सहुलियतमा औषधि सहयोग गर्ने गरिएको उनले बताए।

सेन्टरले अब यसरी सामाजिक सेवाभावले बिरामीको निःशुल्क उपचार कार्यलाई आगामी दिनमा पनि जारी राख्ने भएको छ। घरको आर्थिक अवस्था कमजोर भएका कारण औषधि किनेर सेवन गर्न नसक्ने अवस्थामा भएका बेला निःशुल्क औषधि पाएर आफूलाई सेन्टरले गुन लगाएको हो। सेन्टरका फाउण्डर हर्कसिंक भण्डारी छन्।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्