समाजवादीमा युवालाई २० प्रतिशत स्थान

काठमाडौँ – एकीकृत समाजवादीले पार्टीका हरेक तहमा युवालाई २० प्रतिशत स्थान दिने भएको छ।

आइतबार र सोमबार चलेको पार्टीको दोस्रो केन्द्रीय परिषदको बैठकले पार्टीलाई चुस्त दुरुस्त बनाउनका लागि पार्टीमा युवालाई आरक्षणकै व्यवस्था गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रत्येक कमिटिमा ४० वर्ष मुनिका व्यक्तिले २० प्रतिशत आरक्षण पाउनेछन्।

त्यस्तै समाजवादीले केन्द्रीय कमिटिको संख्या १९९ मा सीमित गर्ने भएको छ। अहिले केन्द्रीय सदस्यको संख्या ३५० भन्दा माथि छ।

धेरै संख्यामा केन्द्रीय सदस्य हुँदा पार्टी भद्दा भएको विश्लेषण हुँदै आएको अवस्थामा समाजवादीले चुस्त संगठन बनाउने उद्देश्यले १९९ केन्द्रीय सदस्य सीमित गर्ने भएको हो।

त्यस्तै पदाधिकारीको संख्या १९ मात्रै गर्ने नेता सुदेश पराजुलीले जानकारी दिए।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्