माधव नेपालको अडानः जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन

फाइल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताएका छन्।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा सोमवार अध्यक्ष नेपालले जबजको उपादेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिरसमेत गरे।

पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले अहिले पनि कम्युनिष्ट पार्टीमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम सकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताए।

उनले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको पेटेन्ट राईट आफ्नो पार्टीसँग रहेको दाबी गर्दै त्यसलाई मिल्काइदिऊँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी दिए।

अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मान्यतालाई त्यागेर तानाशाही व्यवस्थामा आफूहरू जान नसक्ने तर्कसमेत गरे।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्