पूर्वराजा शाहसँग दुर्गा प्रसाईंको भेट

काठमाडौँ – पूर्वराजा  ज्ञानेन्द्र शाहसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भेट गरेका छन्।

पूर्वराजा शाह हाल बाराको सिमरामा रहेका छन्। त्यसक्रममा उनीसँग विभिन्न व्यक्ति तथा शुभेच्छुकहरुले भेट गरिरहेका छन्।

सोही क्रममा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजकसमेत रहेका प्रसाईंले पूर्वराजासँग भेट गरेका हुन्।

पूर्वराजा शाह पछिल्लो केही दिनदेखि सिमरामा रहेर मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन्।

वीरगञ्जमा शनिबार पूर्वराजा शाहको नागरिक अभिनन्दनसमेत गरिएको थियो।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्