पोखरामा एनएमबी बैंकको एटिएम फोड्न खोज्ने टीकाराम पक्राउ

पोखरा – पोखरामा बैंकको एटीएम मेसिन तोड्न खोज्ने एक युवक पक्राउ परेका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ घर भइ हाल पोखराको विरौटा बस्ने २७ वर्षीय टिकाराम पौडेल (राजकुमार) लाई प्रहरीले पक्राउ गरेको हो।

पोखराको जिरोकिलोमटिरस्थित एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

गएराती वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्वामा ७ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाएको डिएसपी विकको भनाइ छ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्