शेखर काेइरालाकाे आराेप- प्रधानमन्त्री दाहालले शहीदहरूकाे अवमूल्यन हुने काम गर्नुभयाे

मोरङ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको अवमूल्यन हुने काम गरेको आरोप लगाएका छन्।

मंगलबारबाट सुरु भएको सामुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुआत गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री दाहालबाट भएको बताएका हुन्।

उनल भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद थप्ने कुरा गर्नु भयो। शहीद दिवसका दिन हामीले शहीदहरूलाई अवमूल्यन गर्न भएन। त्यो कुरामा ध्यान दिन आवश्यक छ। शहीदको संख्या थप्दै गर्दा शहीद नै अपमान हुने बुझेको छु।’

प्रधानमन्त्री दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए।

त्यसैगरी, कार्यक्रममा नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्नुअघि बढेको उल्लेख गरे। उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

उनले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारीरूपमा जनतामाझ पुराउन महानगरले काम गर्दै आएको बताए।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्