उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

काठमाडौं- हृदयघातका कारण  उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षकाे उमेरमा आज बिहान निधन भएको छ ।
बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार न्यायाधीश मरासेनीकी छोरी पोखरामा छन् । उनी त्यहाँबाट काठमाडौं आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्