काठमाडौँ – नेपाल विद्यार्थी संघले माइतीघर मण्डलालाई चिनाउन फोटो प्रदर्शनी गरेको छ।

सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषित गरेको विरोधमा नेविसंघले फोटो प्रदर्शनी गरेको हो। सरकारलाई माइतीघरको इतिहास स्मरण गराउन फोटो प्रदर्शनी गरिएको नेविसंघले जनाएको छ।

‘आज हामीले माइतीघर मण्डलामा भएका ऐतिहासिक आन्दोलनहरुलाई आधार बनाई यो फोटो प्रदर्शनी आयोजना गरेका छौँ। मण्डला अन्याय र अधिकारका आवाज बोल्नेहरुको मन्दिर हो। सरकारको संसद भएजस्तै यो नागरिकको लोकतन्त्र अभ्यास गर्ने स्पेस हो। यहाँ जनताको लोकतन्त्रले स्वास फरिरहेको छ। हामी आन्दोलनकर्मीहरुको प्राण जहाँ अड्किएको छ,’ नेविसंघले भनेको छ।

संविधानको मर्म र कानूनविपरीत माइतीघर मण्डलामा भएको निषेधाज्ञा तत्काल खारेज गर्न नेविसंघले माग गरेको छ।