वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नै छैनः शंकर पोखरेल

फाइल तस्बिर।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नरहेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको लाचारीले मुलुकको राष्ट्रिय हितको विषय ओझेलमा परेको बताए।

उनले ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैँले उठान गरेको, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको बताए।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्