केन्या र बोत्सवानाका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेल। फाइल फोटो।

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन्।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्