बिपी प्रतिष्‍ठानका निमित्त उपकुलपति कार्कीलाई कालोमोसो दल्ने प्रयास

मोरङ – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालोमासो दल्ने प्रयास भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनराज भण्डारीका अनुसार मंगलबार कार्कीमाथि कालोमोसो दल्ने प्रयास गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक भण्डारीले कार्यकक्षभित्रै कार्कीलाई कालो पदार्थले प्रहार गरिएको भए पनि सुरक्षाकर्मीले छेकेको बताए। उनका अनुसार पक्राउ पर्नेमा भीम बहादुर सार्की, शेर बहादुर कटुवाल, खेम थापा रहेका छन्।

पक्राउ परेका तीनै जना मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको भातृ संगठन आवद्ध हुन्। कार्कीमाथि कालो पदार्थ प्रहार गरेसँगै उनीहरुले नाराबाजी गरेका थिए। प्रतिष्ठान र हजारौं कर्मचारीलाई बन्धक बनाएको आरोप उनीहरुले लगाएका छन् ।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्