देशसञ्चार चौतारी : भाग-२९

मैले भन्दैमा युवा नेपालमै बस्छन् र?

काठमाडौँ- उद्यमी जगन्नाथ महर्जनको ‘फेमिली’ उद्योग ‘खजुरिको’ले १५ सय जनालाई रोजगारी दिएको छ, प्रत्यक्ष रुपमा। अप्रत्यक्ष रुपमा पनि यसले थुप्रैलाई रोजगारी दिएको छ। देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले महर्जनसँग खजुरीको ब्रान्डको लोकप्रियताको चर्चामात्र गरेनौँ, यसका संघर्षका थुप्रै वृत्तान्तहरु पनि खोतल्यौँ।

४० वर्षअघि बुवाको व्यवसाय सम्हाल्दै घरघरमा पाउरोटी बेच्न हिँडेका महर्जन अहिले ललितपुर, चितवन र मकवानपुर गरी तीनवटा प्लान्टबाट २४ घन्टै उत्पादन गर्छन्।

खजुरिकोका ‘पफ’ अहिले पनि आधुनिक नभएर पुरानै स्वरुप र स्वादमा पाइने उनी बताउँछन्। ‘हाम्रो पफ छ महिनासम्म उत्तिकै क्रिस्पी र स्वादिलो हुन्छ,’ उनले भने।

ब्रेडलाई नेपालमा पहिलोपटक ट्रान्सपेरेन्ट प्लास्टिकमा प्याक गरेको महर्जन परिवारले ४० वर्षभन्दा लामो संघर्षका क्रममा थुप्रै हण्डर र चुनौतीमात्र ब्यहोरेन, सफलताको शिखर पनि चुम्यो।

महर्जनसँग गरिएको देशसञ्चार चौतारीको पूरा भिडियो:

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्