सिमानाको जाँचपासमा कडाइ गरिनु पर्ने नाडाकाे माग

काठमाडौँ – नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले खुल्ला सिमानाको कारणले अनधिकृत रुपमा अटोमोवाइल स्पेयर पार्ट्सको आयात हुँदा व्यवसाय घट्दै गएकोले  सिमानाको जाँचपासमा कडाइ गरिनु पर्ने माग गरेको छ।

सोमबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको हो।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरु ल्याउन आग्रह गरेका छन्। छलफलका अर्थमन्त्री महतले नाडाकोतर्फबाट राखिएका नीतिगत सुझावहरुप्रति जिज्ञासा राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताए।

यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले नेपालको अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक १७ नीतिगत सुझावसमेत प्रस्तुत गरेका थिए।

हेर्नुहाेस नीतिगत सुझावहरुः
माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्