कोका–कोला नेपालको ५०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ – कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औँ वर्ष मनाएको छ।

सन् १९७३ मा नेपालमा प्रवेश गरेको कम्पनीले एक कार्यक्रम गरी आफ्नो सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो। काठमाडौँ र चितवन गरी कोका–कोलाको नेपालमा दुई वटा उत्पादन कारखाना रहेका छन्।

देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका–कोलाले एक हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ भने ५ हजारभन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभान्वित भएको कम्पनीले जनाएको छ।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्