युवाले पाए तीन साताको फोटोग्राफी र भिडियो तालिम

काठमाडौँ- महानगरको २१ नम्बर वडाले युवाहरुका लागि आयोजना गरिएको तीन साताव्यापी  फोटोग्राफी तथा भिडियो तालिम मंगलबार समापन भएको छ।

महानगरको वडा नम्बर २१ ले युवाहरुका लागि तालिम आयोजना गरेको हो।

तालिमका सहभागीहरुलाई मंगलबार प्रमाणपत्र वितरण गरिएको थियो।

ओबासो फिल्म्सको सहयोगममा उक्त तालिम कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि सांसद कृष्णगोपाल श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा प्रमुख तालिमकर्ता मीन बज्राचार्य, ओबासो फिल्म्सका प्रमुख कार्यकारी अधिकृत ओबासो शाक्य, वडा नम्बर २१ का वडाध्यक्ष उदय चुडामणि वज्राचार्य, वडासचिव सुनिल राजोपाध्यायलगायत सहभागी थिए।

 

 

 

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्