गाेरखापत्रका उपसम्पादक शेषकान्तकाे निधन

काठमाडौं- गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा बुधबार बिहान निधन भएको छ।

ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उहाँको निधन भएको परिवारका सदस्यले जनाएका छन्।

उनको आन्द्रामा अर्बुद भएको थियो।

तनहुँको भानु नगरपालिका- १२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए। र्कोन आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्