प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

सांकेतिक तस्बिर।

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले घटेको छ। यससँगै सूचक २११९.१७ अंकमा आएको छ।

यस अवधिमा १ करोड ९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ४८ कम्पनीको २५ हजार ४ सय ६८ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ११६ वटा कारोबार भएको हो। २९ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्