विश्व समुदायसँग सकारात्मक सम्बन्ध चाहन्छौं: अफगानिस्तान

अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकी। फाइल तस्बिर।

अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तान विश्व समुदायसँग सकारात्मक र विभिन्न राष्ट्रहरूसँगको राम्रो सम्बन्धमा जोड दिएको बताएका छन्।

अफगानिस्तानमा भएको क्षेत्रीय सम्मेलनको समापनपछि पत्रकार सम्मेलनमा मुत्ताकीले उक्त कुरा बताएका हुन्।

उनले विश्व समुदायसँग आफूहरू सकारात्मक सम्बन्ध राख्न चाहेको बताए।

अफगानिस्तान क्षेत्रीय सहयोग पहल शिर्षकको सम्मेलन अफगान कार्यवाहक सरकारले आयोजना गरेको थियो। सबै सहभागीहरूले शान्तिपूर्ण र प्रगतिशील अफगानिस्तान क्षेत्रको हितमा जोड दिएका थिए।

सम्मेलनमा सहभागी सबैले मध्य एसियालाई दक्षिण एसियासँग जोड्न अफगानिस्तानको भूमिकामा जोड दिएको मुत्ताकीले बताए। ठूला विकास आयोजना कार्यान्वयनमा सहकार्य गर्न सहभागीहरू सहमत भएको उनकाे भनाइ छ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्