न्यायाधीश मरासेनीको निधनमा शोक बिदा

काठमाडौं- उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ ।

आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा दिने निर्णय गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मङ्गलबार हृदयघातका कारण ५६ वर्षको उमेरमा निधन भएको थियो । हृलयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो ।

जहाँ उपचारका क्रममा उनको निधन भएको थियो । उनको हिजो साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्