यू-१९ विश्वकप: बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

फाइल तस्बिर।

दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशसँग अहिले केही समयपछि नेपाल प्रतिस्पर्धा गर्दैछ।

नेपालले आज टोलीमा २ परिवर्तन गरेको छ। तीलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्तालाई समेटेको छ। विशाल प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन्।

सेमिफाइनल सम्भावना नभएको नेपालका लागि यो खेल प्रतिस्ठाका रूपमा मात्र रहने छ। मंगलबार भएको खेलमा भारत र पाकिस्तानको जितसँगै बाँकी टिमको सम्भावना लगभग सकिएको हो।

यद्यपि टेस्ट टोली विरुद्ध नेपाल आफ्नो आत्मविश्वासी प्रदर्शन कायम राख्दै गतिलो छाप छोड्ने प्रयासमा मैदानमा उत्रिने छ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्