एमाले नेता बसन्त नेम्वाङ अस्वस्थ, हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

नेकपा एमालेका नेता तथा सांसद बसन्त नेम्वाङ अकस्मात बिरामी भएपछि उनलाई ताप्लेजुङबाट काठमाडौँतर्फ ल्याइएको छ।

नेम्वाङ पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका थिए। उनी नेकपा एमालेका ताप्लेजुङ इन्चार्ज हुन्।

उनी सुगर र प्रेसरका बिरामी हुन्।

बुधबार बिहान ताप्लेजुङमा साढे ११ बजेतिर बिरामी परेर शरीरको एक भाग नचल्ने भएपछि उनलाई काठमाडौँतर्फ लगिएको हो।

बिरामी भएपछि सुरुमा ताप्लेजङ जिल्ला अस्पताल लगिएका नेम्वाङलाई हेलिकप्टरबाट काठमाडौँतर्फ लगिएको हो।

एमाले ताप्लेजुङका एक स्थानीय नेताका अनुसार नेम्वाङलाई काठमाडौँ लगिएको छ।

 

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्