यू-१९ विश्वकप: बंगलादेश विरुद्ध नेपालको खराब सुरुवात

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटमा बंगलादेश विरुद्ध नेपालले खराब सुरुवात गरेको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले २९ रन जोड्दा ३ विकेट गुमाएको छ।

सुपर सिक्स अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले ८.३ ओभरको समाप्तीमा २९ रन जोड्दा ओपनर अर्जुन कुमाललाई १४ रन तथा अर्का ओपनर विपिन्न रावललाई २ र आकाश त्रिपाठीलाई ३ रनमा गुमायो।

अहिले क्रिजमा कप्तान देव खनाल र विशाल विक्रम केसी रहेका छ्न्।

बंगलादेशका लागि इकबाल होसेन इमोन, मारुफ मृधा र रोहनत डौउल्लाह बोर्सनले समान १-१ विकेट लिए।

नेपालले आज अफगानिस्तान विरुद्धको टोलीमा २ परिवर्तन गरेको छ। तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्तालाई समेटेको छ। विशाल प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन्।

सेमिफाइनल सम्भावना नभएको नेपालका लागि यो खेल प्रतिस्ठाका रुपमा मात्र रहने छ। मंगलबार भएको खेलमा भारत र पाकिस्तानको जितसँगै बाँकी टिमको सम्भावना लगभग सकिएको हो। यद्यपि टेस्ट टोली विरुद्ध नेपाल आफ्नो आत्माविश्वासी प्रदर्शन कायम राख्दै गतिलो छाप छोड्ने प्रयासमा रहेको छ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्