आसिफको शतकका बाबजुत कर्णालीसँग हार्‍याेः एपिएफ

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय क्लबक एपिएफको शीर्ष चारमा समेत रहन असफल भएको छ। बुधबार भएको खेलमा एपिएफ कर्णाली प्रदेशसँग २१ रनले पराजित भएको हो।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ४४.१ ओभरमा अलआउट हुँदै २ सय ६ रन बनायो। उसका लागि अर्जुन घर्तीले ५३ रन बनाउँदा हिमान्सु शाही ६२ रनको अर्धशकीय इनिङ खेले।

त्यस्तै कप्तान रविन्द्र शाहीले २२ तथा दिपेन्द्र रावतले २७ रन बनाउँदा दिनेश अधिकारीले १९ रन बनाए। एपिएफका लागि मौसम ढकालले ३ विकेट लिंदा अमर रौटेलाले २ विकेट लिएका थिए।

२ सय ७ रनको लक्ष्य पछ्याएको एपिएफका लागि ओपनर आसिफ शेखले १ सय ८ रनको शतकीय इनिङ खेलेपनि अन्य ब्याटर चल्न नसक्दा पराजित भयो।

उसका लागि थप दोहोरो स्कोरका रुपमा अमर रौटेलालले २८ रन बनाउँदा लोकेश बमले ११ तथा कप्तान रोहित पौडेलले १४ रन बनाए।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्