नक्कली नोटसहित श्रीमान्‌/श्रीमती पक्राउ

जनकपुरधाम – सर्लाही प्रहरीले नक्कली नोटसहित श्रीमान्–श्रीमती पक्राउ गरेको छ। मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका ३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मलंगवा ९ का नसारु खान र उनकै श्रीमती नसारा खातुन रहेको प्रहरीले जनाएका छन्। नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वादविवाद हुँदा प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्