जनकपुरधाममा बिलविजकबिना सुनचाँदी किनबेच गरिरहेको आरोपमा चार जना पक्राउ

जनकपुरधाम – प्रहरीले बिल विजक नभएको भन्दै सुनचाँदी किनबेच गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ। धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बिल बिजक नभएको र सुनचाँदी किन बेच गरिरहेकोमा चारजनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार दुईजना किन्ने र दुईजना विक्री गर्ने रहेका छन्।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले बताए।
यता, सुनचाँदी व्यवसायी पक्राउ परेपछि जनकपुरधाममा व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। जनकपुरधामको जानकी मन्दिरको छेउमा रहेको सोनारपट्टी बजारमा पसल बन्द गरेर व्यवसायीहरु सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्