बोहराको ‘हिमाल हिउँँ परि सेतै’ सार्वजनिक

सिमकोट – देउडा गायक एवं गीतकार अदानसिंह बोहराको देउडा गीतको संगालो रहेको म्युजिक भिडियो हिमाल हिउँ परि सेतै सार्वजनिक गरिएकाे छ।

देउडा गीतबाट बोहराले हुम्ला रहेका प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गरेर पर्यटकहरु आकर्षित गर्न जोड दिएको हो।

बोहराले हिमाली जिल्ला हुम्लामा हिउँ परेपछि जताततै सेतै देखिने भएकाले म्युजिक भिडियोको नामै हिमाल हिउँ परि सेतै राखेको र सबै तयार भएपछि यसलाई सार्वजनिक गरिएको बताए।

बाह्र वटा गीत रहेको भिडियोले जिल्लामा रहेका पर्यटकीय क्षेत्र, जडीबुटी, जलश्रोत क्षेत्रको बखान गरेको छ। यसको प्रचार प्रसार गर्न सके जिल्लाको सम्बृद्धि पनि संभव रहेको देउडा गीतका भाव छ।

शब्द र लय रचना बोहराको रहेको छ भने गायनमा सुरेश शाही र निरुता खत्रीको स्वर रहेको छ। भिडियोको दृश्य हुम्लाका बिभिन्न रमणीय क्षेत्रको समेटिएको छ। बिशेष डिजिटल रेकर्डिङ प्रालिले भिडियो तयार पारेको छ। पन्द्र मिनेट लामो म्युजिक भिडियोको एरेन्ज बिजय कुमार थापाले गरेका छन्।

भिडियोका लागि बिशेष सहयोगीमा जीवन बोहरा र राजन रावत छन् भने सहयोगीमा विष्णु रावत, लोग भण्डारी, प्रेम बोहरा र कलक बोहराको रहेको छ। यो बोहराको चौथो प्रयास हो। अब चाँडै अर्को म्युजिक भिडियोको तयारीमा उनी लाग्दै आएका छन्।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्