वित्तीय सुशासनमा सर्केगार्ड उत्कृष्ट

सिमकोट – जिल्लाका सात वटा गाउँपालिकामध्ये सर्केगार्ड स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सर्केगार्ड गाउँपालिका उत्कृष्ट भएको छ। निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै सर्केगार्ड गाउँपालिका उत्कृष्ट ठहरिएको हो।

जिल्ला समन्वय समितिका अनुसार स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सर्केगार्ड गाउँपालिकाले ९१ प्रतिशत अंकभार प्राप्त गर्दै जिल्ला कै उत्कृष्ट ठहरिएको छ भने अदानचुली गाउँपालिकाले नब्बे दशमलव पाँच प्रतिशत अंक ल्याएर द्धितीया स्थान हुन सफल भएको छ।

त्यसैगरी ८७ प्रतिशत अंकभार प्राप्त गर्दै खार्पुनाथ तृतीया, ८६ प्रतिशत अंकभार प्राप्त गर्दै सिमकोट र ताँजाकोट गाउँपालिका चौथो, ६५ प्रतिशत अंकभार प्राप्त गरेर चङ्खेल िगाउँपालिका पाँचौ र ५६ प्रतिशत अंकभार प्राप्त गरेर नाम्खा गाउँपालिका छैटौ स्थान हुन सफल भएका छन्।

यो मूल्यांकन गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा गरेका वित्तीय सुशासन र सदाचारीको आधार गरिएको हो। यसका लागि मूल्यांकनका विषय क्षेत्रमा योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजस्व व्यवस्थापन रहेका छन्। यिनै विषयलाई अंकभार दिँदा सबैभन्दा बढी भएपछि जिल्लाकै सर्केगार्ड गाउँपालिका उत्कृष्ट ठहरिएको हो।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्