पुन हिल कप भलिबलः प्रौढतर्फ पोखरा र सिद्धिकाली फाइनलमा

पोखरा – पोखराको रामघाटमा जारी प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ फाइनल खेल्ने टोलीको छिनोफानो भएको छ।
४० बर्षमाथिको खेलमा पोखरा भेट्रान्स र सिद्धिकाली भेट्रान्सले फाइनलमा स्थान बनाएका हुन्। पहिलो सेमिफाइनलमा आयोजक पुन समाज नेपाललाई ३–० को सोझो सेटमा पाखा लगाउँदै पोखरा भेट्रान्सले फाइनल यात्रा तय गरेको छ।

पहिलो सेटमा २५–१८ को जित निकालेको पोखराले दोस्रो सेटमा झनै फराकिलो २५–७ को जित निकाल्न सफल भयो। तेस्रो सेटमा २५–१६ को जित निकाल्दै फाइनल यात्रा तय गरेको छ।

दोस्रो सेमिफाइनलमा सिद्धिकाली भेट्रान्सले रामबजार भेट्रान्सलाई ३–० को सोझो सेटमा हराउदै पोखरा भेट्रान्ससँगको फाइनल भिडन्त तय गरेको छ।

पहिलो सेटमा २५–२०, दोस्रो सेटमा २६–२४ र तेस्रो सेटमा २५–२३ को जित दर्ता गराउँदै सिद्धिकाली उपाधि होडमा पुगेको हो।
१२ समूह सहभागी भएको प्रौढ भलिबलको ४० वर्षमाथि उमेर समूहको विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ। उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ।

बुधबार महिलातर्फको ३ खेल भएका छन्। कावासोती नवलपुर र माछापुच्छ«े गाउँपालिका भलिबलसंघ सेमिफाइनल प्रवेश गरेका छन्।
समूह ‘ए’ मा सिधैं बाइ पाएर क्वार्टरफाइनल प्रवेश गरेका कावासोती नवलपुर र मध्यनेपाल लमजुङबीच खेल भएको थियो। मध्यनेपाललाई २–० को सोझो सेटमा पराजित गर्दै कावासोती सेमिफाइनल प्रवेश गरेको हो।

समूह ‘बि’ मा बाइ पाएका लेभल अप र माछापुच्छ«े गाउँपालिकाबीच खेल भएको थियो। माछापुच्छ«ेले पनि लेभल अपलाई २–० को सोझो सेटमा पराजित ग¥यो।

पुन क्बल पोखरालाई २–१ को सेटमा हराउँदै कार्पकेली पुन समाज एक्लेखेत तनहुँ विजयी भएको छ। बाग्लुङ बडिगाडलाई अर्गुमले वाकओभर दिएसँगै क्वार्टरफाइनल प्रवेश गरेको छ।

अब बडिगाड र कार्पकेलीबीचको बिजेताले सेमिफाइनलमा माछापुच्छ«ेसँग खेल्नेछ। आयोजक पुन समाज नेपाल र ढुंगेपाटन पुन समाजबीचको विजेताले सेमिफाइनलमा कावासोतीको सामना गर्नेछ।

यो विधाको विजेतालाई ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ।

पुरुषतर्फको एक खेल भएको छ। भुकदेउराली पर्वतले छन्त्याल समाज ‘ए’ लाई २–१ को सेटमा पराजित गर्दैै अघिल्लो चरण प्रवेश गरेको छ। पुरुषतर्फ १८ टोली सहभागी छन्।

विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए।
उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनेछ। फाइनल खेल शुक्रबार हुनेछ। पुन समाज नेपालले आयोजना गरेको प्रतियोगिताका खेल रामघाटस्थित पुन समाजको खेल मैदानमा भइरहेको छ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्