लेकसाइडमा पर्यटकलाई हैरान बनाउने ६ जना पक्राउ

पोखरा – पोखराको लेकसाइडमा पर्यटकलाई सास्ती दिने ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। मंगलबार राति लेकसाइडस्थित हल्लनचोक क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पर्यटक बाटो छेक्ने, झोला तान्ने, होटल मिलाइदिन्छौं भनेर पैसाको बार्गेनिङ गर्नेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए। सार्वजनिक स्थानमा होहल्ला गरेर अशान्ति मच्चाउनेलाई समेत पक्राउ गरेको उनको भनाइ छ।

पक्राउ पर्नेमा लेकसाइड बस्ने २२ वर्षका सुदीप अर्याल, २६ वर्षका सन्दिप गिरी, १९ वर्षका सुमन शर्मा, २० वर्षका नेत्रबहादुर प्रधान रहेका छन्। यस्तै, लेकसाइड बस्दै आएका २३ वर्षका नेत्रबहादुर प्रधान, २३ वर्षका सुशिल महतोसमेत पक्राउ परेका हुन्।

पक्राउ परेका विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र गर्न नहुने मुद्वामा जिल्ला अदालतबाट ७ दिनेको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्