सवारी ज्यान मुद्दा फरार नगेन्द्र वर्ष दिनमा पक्राउ

पोखरा – सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई कास्की प्रहरीले वर्षदिनमा बल्ल पक्राउ गरेकोे छ। मंगलबार कास्कीको पोखरा महानगरपालिका–३१ तल्लोपुँडीका ३१ वर्षीय नगेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत कास्कीले गत वर्ष माघ २७ गते सवारी ज्यान मुद्वामा दोषि ठहर गरेको थियो। केसीले २ वर्ष ११ महिना ६ दिन कैद भुक्तान गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

उनका अनुुसार अदालतले नगेन्द्रसँग ३२ हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने ठहर गरेको थियो। इलाका प्रहरी कार्यालय सिशुवा डाँडाकोनाकबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो। उनलाई अदालतमा पेश गर्दै कारागार चलान गरिएको छ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्